पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिवादेखि फिदिम आँउदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटनामा पर्दा ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्युु भएको हो ।
दुर्घटनामा फिदिम ६ की वसन्ती लिम्बू, फिदिम ६ का सन्देश लिम्बू, फिदिम ७ का कुशल लिम्बू र चालक दीपक लिम्बू घाइते भएका छन् । उनीहरुको फिदिमस्थित समर्पित अस्पताला उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला कार्यालय पाँचथरका अनुसार सिवाबाट फिदिमतर्फ आँउदै गरेको टेम्पो बुधबार बिहान साढे ९ बजे फिदिम नगरपालिका १ समर्पित अस्पताल नजिकै दुर्घटनामा परेको थियो ।
फिदिममा टेम्पो दुर्घटना : एकको मृत्यु, चार जना घाइते
पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिवादेखि फिदिम आँउदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटनामा पर्दा ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्युु भएको हो ।

