नागढुंगा सुरुङमार्गको निर्माण कार्य ९० प्रतिशत पूरा (तस्बिरहरु)

थानकोटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ९० प्रतिशत पूरा भएको छ ।

नागढुंगा सुरुङमार्गको निर्माण कार्य ९० प्रतिशत पूरा (तस्बिरहरु)
काठमाडौं । थानकोटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाइँ, सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतले मंगलबार बिहान उक्त सुरुङ मार्गको स्थलगत अवलोकन गरी जानकारी लिएका छन् । पूरै आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत सकिएको आयोजनाले जानकारी दिएको छ ।