दाङ । दाङमा विषालु च्याउ खाँदा एकै परिवारका दुईजना बिरामी भएका छन्। मंगलबार बिहान वनबाट ल्याएको च्याउ खाँदा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना बिरामी परेको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिए।
बिरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी ७६ वर्षीया श्रीमती छुकनी चौधरी छन्। बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको थियो।
बिरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भैरहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
विषालु च्याउ खाँदा एकै परिवारका दुईजना बिरामी
दाङमा विषालु च्याउ खाँदा एकै परिवारका दुईजना बिरामी भएका छन्। मंगलबार बिहान वनबाट ल्याएको च्याउ खाँदा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना बिरामी परेको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिए।

