नेपाली कांग्रेस रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन

नेपाली कांग्रेसको नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदेको प्रतिवेदन बुझाएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो ।

नेपाली कांग्रेस रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन
काठमाडौं । नेपाली कांग्रेसको नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदेको प्रतिवेदन बुझाएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । सातै प्रदेशमा भएका रूपान्तरण अभियानका भेलामा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पारिएको थियो । गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला गरेका थिए। त्यसपछि प्राध्यापक, तरूण लगायतसँग काठमाडौंमा रूपान्तरण अभियानले भेला गरेको थियो।