बैतडीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका-६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

बैतडीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु
काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका-६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। चालक कैलालीका सुरेन चौधरी रहेको प्रहरीले बताएको छ। सोमबार बेलुका दशरथचन्द नगरपालिका-२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर-६ तर्फ जाँदै गरेको सुपप्र ०१००-२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।