ढोरपाटनका मेयर नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता

ढोरपाटनका मेयरसमेत रहेका नेपालीसहित उनकी श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाहीविरुद्ध मुद्दा दर्ता गरिएको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए ।

ढोरपाटनका मेयर नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता
बागलुङ । बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारी पीडितहरुको संघर्ष समितिले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको हो । ढोरपाटनका मेयरसमेत रहेका नेपालीसहित उनकी श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाहीविरुद्ध मुद्दा दर्ता गरिएको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए । कुल एक अर्ब ३० करोड बिगोदाबीसहित १५ सय ४३ जनाको हस्ताक्षरसहित अदालतमा सहकारी मुद्दा दर्ता गरिएको छ । सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग गरिएको छ । बचतकर्ताको रकम हिनामिना पारेर बेपत्ता भएका सहकारीका संस्थापक अध्यक्षसमेत रहेका मेयर नेपालीलाई खोजी गरी बचत रकम फिर्ताको माग गर्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनी झन्डै दुई महिनादेखि बेपत्ता छन् । उनलाई पक्राउको माग गर्दै बचतकर्ताले सडक आन्दोलनसमेत गरेका छन् ।