काठमाडौंमा व्यवसायिक भवनहरूले अबदेखि पार्किङ शुल्क लिन नपाउने

त्यस्तै महानगरले निजी पार्किङ व्यवसाय गर्दा त्रिपुरेश्वरदेखि दरबार मार्गसम्मको क्षेत्र बाहेक अन्यत्र पार्किङ शुल्क दुई पाङ्ग्रेका लागि प्रतिघण्टा २५ र चार पाङ्ग्रेका लागि ५० तोकेको छ।

काठमाडौंमा व्यवसायिक भवनहरूले अबदेखि पार्किङ शुल्क लिन नपाउने
काठमाडौं । महानगरपालिकाले व्यावसायिक भवनहरुले पार्किङ शुल्क लिन नपाउने नियम बनाएको छ। सोमबारबाट सुरु भएको नयाँ आर्थिक वर्ष २०८० /८१ मा लागू हुने गरी महानगरले भवसायिक भनवहरुले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो। महानगरका अनुसार अब मार्ट, रेष्टुरेण्ट, सपिङ कम्प्लेक्स, महल, अस्पताल आदिले पार्किङ बापत शुल्क लिन पाउने छैन। त्यस्तै महानगरले निजी पार्किङ व्यवसाय गर्दा त्रिपुरेश्वरदेखि दरबार मार्गसम्मको क्षेत्र बाहेक अन्यत्र पार्किङ शुल्क दुई पाङ्ग्रेका लागि प्रतिघण्टा २५ र चार पाङ्ग्रेका लागि ५० तोकेको छ। काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो । बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका÷भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ । व्यावसायिक रुपमा सवारी साधन पार्किङ्ग प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ्ग प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ व्यवस्था गरिएको छ । पार्किङ्ग प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ्ग क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारवाही गर्नेछ । यस्ता स्थानबाट सम्पति करसहित सम्बन्धित अन्य कर असुल गरिनेछ ।