कांग्रेस केन्द्रीय समितिको बैठकका लागि तय भए १० एजेण्डा

शर्माले पार्टीका केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने बताए । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकका लागि तय भए १० एजेण्डा
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय भएका छन् । शर्माले पार्टीका केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने बताए । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ । महामन्त्री शर्माका अनुसार केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले प्रतिवेदनसमेत पेश गर्ने एजेन्डा छ । साथै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चुनावपछि अहिलेसम्म संसदमा कांग्रेसले खेलेका भूमिकाबारे प्रतिवेदन पेश गर्ने शर्माले बताए । यस्तै उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे पनि केन्द्रीय समितिमा जानकारी दिने शर्माले बताए । यस्ता छन् एजेन्डा १ केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव २ पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन ३ नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव ४ सांगठानिक कार्ययोजनाबारे ५ विभाग गठन ६ राष्ट्रव्यापी अभियानको घोषणाबारे ७ केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश ८ संसदीय दल समीक्षा ९प्रमुख सचेतकले जानकारी गराउने० ९ सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा) १० समसामयिक