काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुवाती अग्रता

काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुवाती अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् । उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाएकी छन् ।