काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
एआईजी किरण बज्राचार्यका अनुसार रानामगरलाई आइतबार बुटवलको सुख्खानगरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले काठमाडौँ ल्याइरहेको बज्राचार्यको भनाई छ ।
भारतीय रासन कार्डमा प्रधानमन्त्रीकाे फोटो राखेर प्रचार गर्ने युवक बुटवलबाट पक्राउ
फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।