पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ। आज नेपाल आयल निगमले पत्रकार सम्मेलन नै गरेर स्वचालित प्रणाली लागू गरेको जानाकारी गराएको छ । जसको कार्यान्वयन आजदेखि नै सुरु समेत गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ। आज नेपाल आयल निगमले पत्रकार सम्मेलन नै गरेर स्वचालित प्रणाली लागू गरेको जानाकारी गराएको छ । जसको कार्यान्वयन आजदेखि नै सुरु समेत गरेको छ। निगमको बोर्ड बैटकले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । निमगका अनुसार आज बसेको निगमको बोर्ड बैठकले स्वचालित मूल्य बिक्री सम्बन्धी कार्यविधी–२०८० पास गरेको हो। आजको निर्णय अनुसार १२ बजे रातिबाट लागू हुने गरि पेट्रोलको मूल्य ४ रुपैयाँ घटाएको छ। अब काठमाडौंमा १६४ रुपैयाँमा पेट्रोल पाइने भएको हो डिजेलको मूल्य ६ रुपैयाँ प्रति लिटरमा घटेको छ। जसअनुसार काठमाडौंमा १४६ रुपैयाँमा पाइने भएको हो । खाना पकाउने ग्यासमा १० रुपैयाँ घटेको छ। अब १७९० रुपैयाँमा ग्यास पाइने निगमले जानाकारी दिएको छ।