काठमाडौं। सरकारले बजेटमार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेपछि भाडा बढ्ने भएको छ । यो व्यवस्था भोली सोमबारदेखि कार्यान्वयन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले भोलीदेखि प्रति टिकटको शुल्क बढ्ने जनाएको छ । यसरी भ्याट जोडिएपछि टिकट शुल्क ६ प्रतिशतको हाराहारीमा बढ्नेछ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले हवाई यातायात सेवालाई पनि अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा समावेश गर्ने उल्लेख गरेको थियो।
सोमबारदेखि हवाई भाडामा भ्याट जोडिने
सरकारले बजेटमार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेपछि भाडा बढ्ने भएको छ । यो व्यवस्था भोली सोमबारदेखि कार्यान्वयन हुने भएको छ ।

