काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व आईजीपीहरूसँग छलफल गरेका छन् । आज बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका पूर्व आईजीपी र पूर्व एआईजीपीहरूसँग उनले छलफल गरेका हुन् ।
पूर्व सुरक्षा अधिकारीहरूको भेटमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने बताएका छन् । ‘उहाँले प्रहरीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता छ । अहिले राजनीतिक हस्तक्षेमुक्त बनाउन लागेको बताउनुभयो,’ प्रहरीका निवर्तमान आईजीपी धिरजप्रताप सिंहले भने ।
उनका अनुसार गृहमन्त्रीले सुरक्षा निकायका पूर्वपदाधिकारीहरूलाई अहिले सुरक्षाको अवस्था आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा जिज्ञासा राखेका थिए । मन्त्री श्रेष्ठले गृहमन्त्रालयले आगामी दिनमा गर्नुपर्ने सुरक्षा योजनाका बारेमा पनि जिज्ञासा राखेका र सबै पदाधिकारीले आ–आफ्नो सुझाव दिएका थिए ।
शान्ति सुरक्षा सुदृढीकरणका लागि आइतवार सिंहदरबारमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले सरकारी संगठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम गरिरहेको बताए ।
सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछु : नारायणकाजी श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व आईजीपीहरूसँग छलफल गरेका छन् । आज बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका पूर्व आईजीपी र पूर्व एआईजीपीहरूसँग उनले छलफल गरेका हुन् ।

