चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा आइतबार तीन वटा गाडी ठोक्किँदा एक जना घाइते भएका छन् । घटनामा कालिका नगरपालिका वडा नं. ६ घर भएका ४६ वर्षीय चालक टेकनाथ वाग्ले घाइते भएका छन् ।
वाग्लेको पुरानो मेडिकल कलेजमा उपचार भइराखेको चितवन प्रहरीका प्रवक्ता विजय पण्डितले जानकारी दिए । पूर्वी चितवनको टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३-०१-००२ च ७९०१ नं.को कार, सोही स्थानबाटै आएको ना १७ च ६८०० नं.को कार र नारायणगढबाट टाडी जाँदै गरेको लु २ च ७१०६ नं.को स्कोर्पियो हाइस ठोक्किएको थियो।
एकैपटक तीन वटा गाडी ठोक्किदा एक जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा आइतबार तीन वटा गाडी ठोक्किँदा एक जना घाइते भएका छन् ।

