पर्वतमा जीप दुर्घटना : सात वर्षीया बालिकाको मृत्यु , ११ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । कुश्मा नगरपालिका वडा नम्बर -३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।

पर्वतमा जीप दुर्घटना : सात वर्षीया बालिकाको मृत्यु , ११ जना घाइते
काठमाडौं । पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । कुश्मा नगरपालिका वडा नम्बर -३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो । घाइतेमध्ये चार वर्षका प्रिन्स क्षेत्री र ५० वर्षकी चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उकालो बाटोमा गुड्दै गरेको जीप अनियन्त्रित भइ सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।