पाकिस्तानसँग नेपाल ४ विकेटले पराजित

एसिसी इमर्जिङ टिम्स कपमा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ। शुक्रबार कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।

पाकिस्तानसँग नेपाल ४ विकेटले पराजित
काठमाडौं । एसिसी इमर्जिङ टिम्स कपमा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ। शुक्रबार कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो। पाकिस्तानको जितमा मुहम्मद तयब ताहिरले ५१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै ओमिर बिन योसुफले ३६ रन बनाउँदा कमरान घुलामले ३१ रन बनाए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सइम अयुबले २४ तथा हसिबेल्लाहले १२ रन जोडेका थिए। नेपालका लागि ललित राजवंशीले ३ विकेट लिंदा पवन सराफले २ तथा कुशल मल्लले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल खराब सुरुवातका बाबजुत समालिएको थियो। नेपालका लागि नवौं नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेलेपछि नेपालले १ सय ७९ रनको स्कोर बनाउन सफल भएको थियो। नेपालका लागि सोमपाल बाहेक अन्य कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेन्न। सोमपालले नवौं विकेटका लागि प्रतिश जिसीसँग ७० बलमा ५८ रनको साझेदारी गर्दै टिमलाई ७२ रनबाट १ सय ३० रनको अवस्थामा पुर्‍याएका थिए। जिसीले २४ बलमा २६ रनको इनिङ खेलेका थिए। त्यसपछि ललितसँग अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरे। नेपालका लागि दोहोरो स्कोरका रुपमा अर्जुन साउदले १७ रन जोड्दा ओपनर आसिफ शेखले १२ रन बनाएका थिए। त्यस्तै कुशल मल्ल १७ रन बनाउँदा गुल्सन झाले १३ रन बनाएका थिए। पाकिस्तानका लागि शनवाज दहानीले ५ विकेट लिंदा मुहम्मद वासिमले ४ विकेट लिएका थिए।