नाबालिग एलओडी प्रवेश प्रकरण : अनुसन्धान नै नसकी प्रहरीले छाड्यो एलओडीका दुवै सञ्चालक

नाबालिग बलात्कृत भएपछि काठमाडौंको ठमेलमा रहेको चर्चित लर्ड अफ ड्रिम्स (एलओडी) मा नाबालिग प्रवेश गराएको भन्दै पक्राउ परेका सो एलओडीका दुवै सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । एलओडीबाट निस्किएकी नाबालिग बलात्कृत भएकी थिइन् ।

नाबालिग एलओडी प्रवेश प्रकरण : अनुसन्धान नै नसकी प्रहरीले छाड्यो एलओडीका दुवै सञ्चालक
काठमाडौं । नाबालिग बलात्कृत भएपछि काठमाडौंको ठमेलमा रहेको चर्चित लर्ड अफ ड्रिम्स (एलओडी) मा नाबालिग प्रवेश गराएको भन्दै पक्राउ परेका सो एलओडीका दुवै सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । एलओडीबाट निस्किएकी नाबालिग बलात्कृत भएकी थिइन् । त्यसपछि जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी गरी ललितपुर प्रहरीले एलओडीका सञ्चालक रुदिल बल्लब श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो । घटना अनुसन्धानका लागि ललितपुर प्रहरीले ती दुवै जनालाई काठमाडौं प्रहरी परिसर पठाएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयको रायअनुसार भन्दै सो प्रकरण अनुसन्धान नसकिँदै उनीहरूलाई काठमाडौं प्रहरीले छाडेको हो । काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले सरकारी वकिलको रायअनुसार उनीहरू हाजिरी जमानीमा छाडेको बताए ।