झापा उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्कियो

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन(एजेओ जहाज समस्या आएको भन्दै उडेको १५ मिनेटमै फर्काइएको हो ।

झापा उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्कियो
काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन(एजेओ जहाज समस्या आएको भन्दै उडेको १५ मिनेटमै फर्काइएको हो । जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको जनाइएको छ । यात्रुलाई अर्को जहाजबाट झापा पठाउने तयारी भइरहेको छ । जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।