काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक तत्काल ल्याउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगामी बैठकमा विधेय नल्याए आफूहरूले संसद् चल्न नदिने चेतावनी दिए ।
उनले कसको स्वार्थमा विधेयक रोकियो भन्दै प्रश्नसमेत गरे । ‘आजको ।बैठकमा मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियो ?’ उनले भने, ‘यो विधेयक तत्काल संसद्मा आउन आवश्यक छ । छिटो प्रतिस्थापन विधेयकमार्फत् ल्याइयोस् । आगामी बैठकमा त्यो विधेयक आएन भन हामी सदन चल्न दिने छैनौं । गत असार २० गते एमालेलगायत विपक्षी दलले सदन अवरुद्ध गरेका कारण सरकारले अध्यादेशमार्फत् ल्याएको विधेयक निष्क्रिय छ।
मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक नल्याए सदन चल्न नदिने रास्वपाको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक तत्काल ल्याउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगामी बैठकमा विधेय नल्याए आफूहरूले संसद् चल्न नदिने चेतावनी दिए ।

