नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमायो

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' सँगको खेलमा खराब शुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो ।

नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमायो
काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' सँगको खेलमा खराब शुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो । नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् । पाकिस्तानका शहनवाज दहानीले ४ र मोहम्मद वसीम जेआरले २ विकेट लिएका छन् ।