धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ । धारिलो हतियारले प्रहार गरेर गएराति देवाहीगोनाही नगरपालिका-६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको हत्या भएको हो ।

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या
रौतहट । रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ । धारिलो हतियारले प्रहार गरेर गएराति देवाहीगोनाही नगरपालिका-६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको हत्या भएको हो । श्रीमती र छोरीसँग एउटै कोठामा सुतेका जगरनाथलाई अर्को कोठामा लगेर घाँटीमा धारिलो हतियारले प्रहार गरेर अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले जनाएको छ । हत्या कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।