नक्कली भुटानी शरणार्थी प्रकरण : फरार अभियुक्त तुलाधर पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय केशव तुलाधरलाई सानोभर्‍याङबाट पक्राउ गरेको हो ।असनका स्थायी बासिन्दा तुलाधर हाल नयाँबजार बस्दै आएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : फरार अभियुक्त तुलाधर पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय केशव तुलाधरलाई सानोभर्‍याङबाट पक्राउ गरेको हो ।असनका स्थायी बासिन्दा तुलाधर हाल नयाँबजार बस्दै आएको प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा उनको बैंक खातामा समेत कारोबार भएको पाइएको थियो । अन्य अभियुक्त पक्राउ परेर मुद्दा दायर हुँदा तुलाधर फरार थिए । उनलाई थप कारवाहीका लागि काठमाडौं प्रहरी परिसर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।