बर्दिया । बर्दियामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका ४ भिमापुर घर भई गेरुवा गाउँपालिका -५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू रहेका छन् । उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो ।
थारूले ती बालिकालाई गत सोमवार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
बर्दियामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका ४ भिमापुर घर भई गेरुवा गाउँपालिका -५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू रहेका छन् ।

