गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समय चट्याङ लाग्दा बलाल घाइते भएकी हुन्।

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समय चट्याङ लाग्दा बलाल घाइते भएकी हुन्। उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।