बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो ।