एक्स्काभेटरको ठक्करबाट बडिगाडका १४ वर्षीय सुनील घर्तीको मृत्यु

कच्ची सडक खन्नका लागि गएको एक्स्काभेटरले ठक्कर दिँदा सोमबार एक किशोरको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नं.७ को भित्रेनीदेखि सोइरेनी भन्ने स्थानसम्मको कच्ची सडक खन्नका लागि गएको एक्स्काभेटरले ठक्कर दिँदा स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय सुनील घर्तीलाई ठक्कर दिएको हो ।

एक्स्काभेटरको ठक्करबाट बडिगाडका  १४ वर्षीय सुनील घर्तीको मृत्यु
बागलुङ । कच्ची सडक खन्नका लागि गएको एक्स्काभेटरले ठक्कर दिँदा सोमबार एक किशोरको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नं.७ को भित्रेनीदेखि सोइरेनी भन्ने स्थानसम्मको कच्ची सडक खन्नका लागि गएको एक्स्काभेटरले ठक्कर दिँदा स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय सुनील घर्तीलाई ठक्कर दिएको हो । ठक्करपछि ती बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।