हिमाचल प्रदेशमा पहिरो जाँदा तीन जना नेपालीको मृत्यु

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिमाचल प्रदेशमा पहिरो जाँदा तीन जना नेपालीको मृत्यु
काठमाडौं । भारतमा पहिरोका कारण एकै घरका तीन जनाको मृत्यु भएको छ। भारतको हिमाचल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । पनि बिहान साढे १० बजेदेखि ११ बजेको बीचमा अविरल वर्षापछि झरेको पहिरोको कारण उनीहरूको मृत्यु भएको खबर पाएको त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले बताए। क्यारामा विगत तीन-चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको वडाध्यक्ष खड्काले बताए। वडाध्यक्ष खड्काका अनुसार आमा भिमा र छोरा मोहन २२ दिनअघि मात्रै त्यहाँ पुगेका थिए। देवबहादुर भने गत मंसिरतिर सुरूमा उत्तर प्रदेशको पौरी गएका थिए। त्यहाँबाट उनी पछिल्लो समय सिम्ला पुगेका हुन्।