बागलुङको ढोरपाटन नगरपालिकाको मेयर पदका उम्मेदवार चन्द्र अर्यालले समृद्ध ढोरपाटन निर्माणका लागि पाँच दलिय गठबन्धन भएको बताएका छन् ।
बुधबार बुर्तिबाङमा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले जनताको हक अधिकार स्थापित गर्नका निम्ति गठबन्धन भएको बताएका हुन् ।
‘हामी कुनै पार्टीको मात्र नभई साझा उम्मेदवार हौं, अर्यालले भने, ‘ बिचार फरक भएपनि अहिले व्यवहारिक रुपमा हामी एकै ठाउँमा छौं ।’ उनले गठबन्धनका साझा उम्मेदवारलाई मत दिनु भनेको विश्वास गरेर मन दिनु सरह भएकाे उल्लेख गरेका छन् ।
‘जनताले मत दिनु भनेको मन दिनु हो’, उनले भने,‘जनता दिएको मतको अवमूल्यन हुन दिनेछैनाै ।’ उनले चुनावमा जनताको शासक बनेर बसेका तत्वलाई पराजित गर्दे पाँचबर्षमा समृद्ध ढोरपाटन निर्माण बनाउने महाअभियानमा जुटन आग्रह गरेका छन् ।
कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले जनताको अधिकार स्थापित गर्न र खराब प्रवृतिको अन्त्यका निम्ती चुनावी गठबन्धन भएको बताए । गठबन्धनले पार्टीमा योगदान पुर्याएका कतिपय नेता कार्यकर्ता असन्तुष्ट भएपनि भ्रष्टाचार मुक्त स्थानिय सरकार तथा समृद्ध नगर निर्माणका लागि गठबन्धनका नेता कार्यकर्ताले व्यक्तिगत स्वार्थलाई त्यागेर निर्वाचनमा होमिनु पर्नेमा शेरचनले जोड दिए ।
नेकपा माओबादी केन्द्रका नेता तुल्सीराम अर्यालले गठबन्नका माग सुरुवाती चरणदेखि जायज रहेको बताउँदै जनताले निर्वाचित गराएका जनप्रतिनिधी शासक बन्दा जनताले नै लत्याउनु पर्ने अवस्था आएको बताए । यस्तै माओबादी केन्द्रका अर्का नेता दधिराम अर्यालले गठबन्धनको जित सुनिश्चित भइसकेको बताए ।
कार्यक्रममा उपमेयर पदमा गठबन्धनका साझा उम्मेदवार धनबहादुर कायत सहित वडा अध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवारले आफनो परिचय सहित आफु र आफनो गठबनधनको टिमलाई जिताउन सक्रिय भुमिका खेल्ने प्रतिबद्धता जनाए ।
जनताले मत दिनु भनेको मन दिनु हो : चन्द्र अर्याल
बागलुङको ढोरपाटन नगरपालिकाको मेयर पदका उम्मेदवार चन्द्र अर्यालले समृद्ध ढोरपाटन निर्माणका लागि पाँच दलिय गठबन्धन भएको बताएका छन् । बुधबार बुर्तिबाङमा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले जनताको हक अधिकार स्थापित गर्नका निम्ति गठबन्धन भएको बताएका हुन् । ‘हामी कुनै पार्टीको…

