नवलपरासी । रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
भाउजूको हत्या गर्ने देवर पक्राउ
रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

