काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको हो ।
तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत रहेका राउतले उक्त जग्गा प्रकरणको फाइल मन्त्रिपरिषद्मा लग्न टिप्पणी उठाउँदा उनी सो प्रकरणमा मुछिएका हुन्।
ललिता निवास प्रकरणः सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत विमानस्थलबाट पक्राउ
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको हो ।

