काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई घण्टा सरेको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि सारेका हुन् ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा दौडधुप चलेको अभिव्यक्ति दिएपछि एमालेले सदनमा अवरोध गर्दै आएको छ । सदनको अवरोध हटाउन प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ ।
छलफल चलिरहेकै बेला प्रधानमन्त्रीले सभामुखलाई फोन गरेर बैठक सार्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीको आग्रहमा संसद बैठक दुई घण्टा पछाडि सारियो
प्रतिनिधिसभाको बैठक दुई घण्टा सरेको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि सारेका हुन् ।

