बुटवलमा ११ वर्षीया बालिका बलात्कृत : एक जना पक्राउ

बुटवलमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार रहेका छन् । उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

बुटवलमा ११ वर्षीया बालिका बलात्कृत :  एक जना पक्राउ
बुटवल । बुटवलमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार रहेका छन् । उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । ती बालिकालाई परियारले बालिकाकै घरमा जबर्जस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।