गायक रोबिन तामाङको अन्तिम बिदाइ

गायक रोबिन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरिएको छ। आइतबार बिहान सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानको प्राङ्गणमा गायक तामाङको पार्थिव शरीर राखिएको थियो।

गायक रोबिन तामाङको अन्तिम बिदाइ
काठमाडौं । गायक रोबिन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरिएको छ। आइतबार बिहान सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानको प्राङ्गणमा गायक तामाङको पार्थिव शरीर राखिएको थियो। कलाकार, सङ्गीतकार, गायक लगायत विभिन्न क्षेत्रका व्यक्तिले श्रद्धाञ्जली अर्पण गरेका छन्। गायक तामाङको ६० वर्षको उमेरमा असार २० गते निधन भएको थियो। ‘रविन एन्ड द न्यू रिभोल्युशन’ ब्यान्डका भोकलिस्ट तामाङ पछिल्लो समय अभिनयमा पनि सक्रिय थिए। उनले छड्के, मुखौटा, नाका, चिसो एस्ट्रे लगायत चलचित्रमा अभिनय गरेका थिए। सन् १९६३ मा सिंगापुरमा जन्मिएका उनले नेपाल फर्किएर शुरूमा ‘रविन एन्ड लूजः’ ब्यान्ड स्थापना गरेका थिए। पछि उक्त ब्यान्ड छुट्टिएपछि उनले ‘रविन एन्ड द न्यू रिभोल्युशन’ स्थापना गरे। यही ब्यान्डले उनलाई सङ्गीतमा परिचय दिलायो। ‘भूलमा भुल्यो’, ‘केटाकेटी’, ‘दम मारो दम’, ‘माइला भाइ’ लगायत रविनका चर्चित गीत हुन्।