काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भाष्य स्थापित गर्न खोएिको बताएका छन् । उनले रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पारे ।
रास्वप लुम्बिनी प्रदेश समितिले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै सभापति लामिछानेले संसदमा रहेका कुनै पार्टीको पछि रास्वपा नलाग्ने जनाउँदै जहिल्यै जनताको मुद्दामा अघि बढ्ने जनाए । उनले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै उनले सधै आमनागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताए ।
सभापति लामिछानेले अहिले पार्टीविरुद्ध षडयन्त्र भइरहेको समेत जनाए । उनले मिटरब्याजसम्बन्धी अध्यादेश संसदमा टेबल गर्दा र नागरिकता विधेयकमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको जनाए । तर, रास्वपा आफ्नै बलबुता र जनताको साथले छोटो समयमा यहाँ आएको पार्टी भएकाले जस्तासुकै षडयन्त्र भए पनि चिरेर अघि बढ्ने प्रष्ट्याए ।
रास्वपा कुनै पार्टीको पछि लाग्दैन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भाष्य स्थापित गर्न खोएिको बताएका छन् । उनले रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पारे ।

