समाजवादी मोर्चाको पहिलो बैठक जारी

समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूको बैठक जारी छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बसेको हो ।

समाजवादी मोर्चाको पहिलो बैठक जारी
काठमाडौं । समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूको बैठक जारी छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध चार दलका शीर्ष नेताहरू सभागी छन् । समाजवादी मोर्चा गठनपछि पहिलोपटक बैठक बसेको हो । बैठकमा समसामयिक विषयमा छलफल जारी रहेको जनाइएको छ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।