कालिकोट । कालिकोट — नरहरिनाथ गाउँपालिका-४ स्थित भेरेगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । शुक्रबार अपराह्न ४ बजेतिर खोला तर्ने क्रममा नरहरिनाथ-५ रुप्साका ३६ वर्षीय धनबहादुर बोगटी बगेर बेपत्ता भएका हुन् ।
उनका आफन्त र प्रहरी चौकी कुमालगाउँका प्रहरीले शनिबार बेलुकीसम्म खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताए । उनकाअनुसार बगेको ठाउँबाट २ किमि टाढा उनले लगाएको ज्याकेटमात्र भेटिएको छ । बेपत्ता भएका बोगटी नरहरिनाथ-४ स्थित खलापाटा भेरेखोला सडक निर्माणको अन्तिम भुक्तानी लिन गाउँपालिकाको कार्यालय कुमालगाउँ जाने क्रममा खोलामा बगेका हुन् ।
भेरेगाड खोलाले बगाउँदा एक युवा बेपत्ता
कालिकोट — नरहरिनाथ गाउँपालिका-४ स्थित भेरेगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । शुक्रबार अपराह्न ४ बजेतिर खोला तर्ने क्रममा नरहरिनाथ-५ रुप्साका ३६ वर्षीय धनबहादुर बोगटी बगेर बेपत्ता भएका हुन् ।

