धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

सर्लाहीको हरिवनस्थित घुर्कौली टोलमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शुक्रबार दिउँसो घराएसी कुरामा विवाद हुँदा हरिवन नगरपालिका–५, घुर्कौली टोल बस्ने ३५ वर्षका राम भरोश भनिने अजुर्न महतोले २८ वर्षकी श्रीमती नैनकुमारी महतोको हत्या गरेका हुन्।

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
सर्लाही । सर्लाहीको हरिवनस्थित घुर्कौली टोलमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शुक्रबार दिउँसो घराएसी कुरामा विवाद हुँदा हरिवन नगरपालिका–५, घुर्कौली टोल बस्ने ३५ वर्षका राम भरोश भनिने अजुर्न महतोले २८ वर्षकी श्रीमती नैनकुमारी महतोको हत्या गरेका हुन्। दुईजनबीच घरायसी कुरा झगडा भएपछि अर्जुनले श्रीमती नैनाको घाटीमा धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ। धारिलो हतियार प्रहारबाट नैन कुमारीको टाउको र शरीर छुट्टिएको छ। घटनालगतै अर्जुनलाई ईलाका प्रहरी कार्यलय हरिवनले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दीपेन्द्र पंजियारले जनाकारी दिए।