बर्दियाको शम्भुशरण मावि केन्द्रमा बम विस्फोट

बर्दियाको गुलरिया नगरपालिका-२ को मतदानस्थल शम्भुशरण माध्यमिक विद्यालय खैरापुरमा बम विस्फोट भएको छ ।

बर्दियाको शम्भुशरण मावि केन्द्रमा बम विस्फोट
काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-२ को मतदानस्थल शम्भुशरण माध्यमिक विद्यालय खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । जसका कारण हाल मतदान स्थगित भएको छ । त्यस्तै चितवनको राप्ती नगरपालिका-८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् । प्रहरीका अनुसार उनीहरूले मतपेटीका जलाउने प्रयास गरेका थिए । जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरू भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको चितवन प्रहरीले जनाएको छ ।