काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेलेको पहलमा भएको पटक–पटकको छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौला लगायतले आफूहरु पूर्ववत मागमा यथावत रहेको बताएका छन् ।
सभामुख घिमिरेले शुक्रबार मात्रै प्रमुख दलका नेताहरुसँग चार पटक औपचारिक संवादमा बसिसके । बिहानै आफ्नै निवासमा बोलाएर छलफल गरे । बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरुसँग बसे । साढे १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखे । कार्य व्यवस्था परामर्श समितिको बैठकपछि फेरि बोलाएर छलफल गरे । यी सबै छलफलमा एमालेले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएको छ । ‘हामी राजीनामै नीतिमा अडिग छौं । आज पनि प्रतिनिधिसभामा यही हुन्छ,’ एमाले नेता रघुजी पन्तले भने ।
बरु एमालेका नेताहरुले यो विषयमा शीर्ष नेताहरुले नै निकास दिनुपर्ने बताउन थालेका छन् । शीर्ष नेताहरुले समाधान निकाले सबैलाई स्वीकार्य हुने एमालेका एक नेताले बताए । ‘अध्यक्षज्यु (केपी शर्मा ओली)को निर्णयका आधारमा राजीनामा माग गर्ने तहमा उत्रिएका हौं । उहाँले यसबाट दायाँवायाँ गर्ने कुरा गर्नुभएको छैन,’ उनी भन्छन्, ‘राजीनामा मागिहालियो । अध्यक्षज्युको निर्देशन यही छ । यसबाट दायाँबायाँ हुन फेरि पनि उहाँकै निर्देशन आवश्यक छ ।
प्रधानमन्त्रीको राजीनामामा एमाले सांसदको अडान कायमै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेलेको पहलमा भएको पटक–पटकको छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौला लगायतले आफूहरु पूर्ववत मागमा यथावत रहेको बताएका छन् ।

