काठमाडौं । मुगु -गमगढी-तारापानी सडकखण्ड अन्तर्गत फुलीगाउँनजिक बिहीबार राति पहिरोले एक्स्काभेटर पुर्दा चालकको मृत्यु भएको छ । बामधारामा भीर फुटाउँदै गरेको अवस्थामा माथिबाट एक्कासि पहिरो खसेर एक्स्काभेटर पुर्दा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ का अन्दाजी २४ वर्षीय चालक पवन घिमिरेको मृत्यु भएको सशस्त्र प्रहरी ४५ गुल्मका डीएसपी डम्बर रानाले जानकारी दिएका छन् ।
बिहीबार राति पहिरोले एक्स्काभेटर पुरे पनि शुक्रबार मात्र घिमिरेको शव निकाल्न सकिएको प्रहरीको भनाइ छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । फुलीगाउँदेखि पातीहाल्ना आसिधारसम्मको सडक फराकिलो बनाउने क्रममा एक्स्काभेटर पहिरोले पुरिएको हो ।
पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु
मुगु -गमगढी-तारापानी सडकखण्ड अन्तर्गत फुलीगाउँनजिक बिहीबार राति पहिरोले एक्स्काभेटर पुर्दा चालकको मृत्यु भएको छ ।

