काठमाडौं महानगरले दुई सहकारी संस्थाको दर्ता खारेज गर्ने (सूचनासहित)

काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ। महानगरपालिकाको सहकारी विभागका अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि। र सुकस बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालनमा नरहेकाले उनीहरूको दर्ता खारेज गरिने भएको हो

काठमाडौं महानगरले दुई सहकारी संस्थाको दर्ता खारेज गर्ने  (सूचनासहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ। महानगरपालिकाको सहकारी विभागका अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि। र सुकस बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालनमा नरहेकाले उनीहरूको दर्ता खारेज गरिने भएको हो। उल्लिखित संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थामा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले उक्त सूचना प्रकाशन भएको मिति (असार २२) ले १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क राख्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरेको छ। अन्यथा खारेजीपश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने बेहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ। हेर्नुहोस् सूचना :