मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनी कोशीको पाँचौं मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनी कोशीको पाँचौं मुख्यमन्त्री बनेका हुन्। त्यस्तै, दुई जना मन्त्री पनि नियुक्त भएका छन्। मुख्यमन्त्री थापाको सिफारिशमा प्रदेश प्रमुख खापुङले नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा ९एकीकृत समाजवादी०बाट कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ। आजै नेकपा (माओवादी केन्द्र)बाट पनि मन्त्री नियुक्त गर्ने तयारी थियो। तर, माओवादीमा विवाद भएपछि मन्त्रीको नाम आउन सकेन। सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी ९जसपा० भने सरकारमा सहभागी भएको छैन। पहिचानको आधारमा प्रदेशको नामकरण नहुँदासम्म सरकारमा सहभागी नहुने जसपाको अडान छ। मुख्यमन्त्री थापालाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थन छ। प्रदेश सभामा कांग्रेसका २९, माओवादीका सभामुख सहित १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन्। थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुखको पनि हस्ताक्षर बुझाएका थिए।