यी पाँचवटा जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना, सतर्क रहन विभागको आग्रह

देशका विभिन्न क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक भएर बहने केही स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी पाँचवटा जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना, सतर्क रहन विभागको आग्रह
काठमाडौं । देशका विभिन्न क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक भएर बहने केही स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसैबीच, आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव बढ्दो तहमा रहने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ ।