नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएका छन् । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बिहान साढे ८ बजे मुख्यमन्त्रीमा शपथ लिन प्रदेश प्रमुखबाट समय प्राप्त भएकाले त्यहीअनुसार तयारी गरेको बताए ।

नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै
काठमाडौं । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएका छन् । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बिहान साढे ८ बजे मुख्यमन्त्रीमा शपथ लिन प्रदेश प्रमुखबाट समय प्राप्त भएकाले त्यहीअनुसार तयारी गरेको बताए । उनले ४/५ सदस्यीय मन्त्रीमण्डल बनाएर मुख्यमन्त्रीमा नेता थापाले शपथ लिने तयारी गरेको बताए । थापाले गठबन्धनान रहेका प्रत्येक दलबाट एक-एक जना मन्त्री नियुक्त गरेर मन्त्रीमण्डल गठन गरी शपथ ग्रहण गर्ने तयारी गरेको बताए । तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले संवैधानिक व्यवस्थाविपरीत कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चौतर्फी विरोध भइरहँदा शपथ ग्रहण गराउन लागिएको हो। संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुखले नियुक्त गरेका छन् । तर गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई प्रदेससभा सदस्यको हैसियतमा हस्ताक्षर गराएर सरकार गठनका लागि बहुमत पुर्‍याउनु संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । नेकपा एमाले संसदीय दलले संवैधानिक व्यवस्थाविपरीत प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेको विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने तयारी गरेको छ ।