स्याङ्जा । जिल्लाको हरिनास गाउँपालिकामा खाना पकाउने ग्यास चुहावट (लिक) का कारण आगलागी भएको छ। आगलागीमा परेर तीन जना घाइते भएका छन्। गएराति करिब ९ बजे हरिनास-६ क्याक्मीरहटियाका ६० वर्षीय नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
आगलागीमा परेर ६० वर्षीय गोरोनारायण मानन्धर, ३४ का खिम नारायण मानन्धर र २० का विशाल मानन्धर घाइते छन्। तीनै जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कास्कीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।
खाना पकाउने ग्यास लिक भएर आगलागी, तीन जना घाइते
जिल्लाको हरिनास गाउँपालिकामा खाना पकाउने ग्यास चुहावट (लिक) का कारण आगलागी भएको छ। आगलागीमा परेर तीन जना घाइते भएका छन्। गएराति करिब ९ बजे हरिनास-६ क्याक्मीरहटियाका ६० वर्षीय नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

