मैतीदेवीबाट गगन थापाले गरे मतदान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन् ।

मैतीदेवीबाट गगन थापाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन् । काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् । काठमाडौं-४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन् ।