गण्डकी प्रदेशसभामा विपक्षीको अवरोध हट्यो

प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राप्रपाले बिहीबार गण्डकी प्रदेशसभा बैठक सञ्चालनमा गरेको अवरोध हटेको छ ।

गण्डकी प्रदेशसभामा विपक्षीको अवरोध हट्यो
काठमाडौं । प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राप्रपाले बिहीबार गण्डकी प्रदेशसभा बैठक सञ्चालनमा गरेको अवरोध हटेको छ । तीन दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने आशयसहितको अभिव्यक्ति दिएका थिए । त्यसको विरोध गरेर प्रधानमन्त्रीको राजीनामा मागेका दुई दल बैठक सञ्चालन गर्न सहमत भएपछि अवरोध हटेको हो ।