सार्वजनिक सवारी साधनमा डलर चोरी गर्ने र साट्ने चार जना पक्राउ

सार्वजनिक सवारीसाधानमा यात्रुको नगद तथा सामान चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहका विष्णु अधिकारीको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर ९९ लाख २३ हजार १५७ रुपैयाँ० चोरी गरको आरोपमा ३ जनालाई पक्राउ गरेको हो।

सार्वजनिक सवारी साधनमा डलर चोरी गर्ने र साट्ने चार जना पक्राउ
काठमाडौं । सार्वजनिक सवारीसाधानमा यात्रुको नगद तथा सामान चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहका विष्णु अधिकारीको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर ९९ लाख २३ हजार १५७ रुपैयाँ० चोरी गरको आरोपमा ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका -६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्साको ठोरी गाउँपालिका -५ घर भई काठमाडौंको दक्षिणकाली बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ३ घर भई ललितपुरको इमाडोल बस्ने २१ वर्षीया सविना तामाङ पक्राउ परेका छन्। उनीहरुले चोरेको अमेरिकी डलर साटिदिने ललितपुरको ग्वार्कोकी ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट २ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। चारजनालाई चोरीसम्बन्धी कसुरमा म्याद थप गरेर ललितपुर जिल्ला प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको छ।