काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आज पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘विवादास्पद’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले अवरोध कायमै राखेपछि बैठक शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।
बुधबार पनि एमालेको अवरोधकै कारण बैठक स्थगित भएको थियो । प्रधानमन्त्री प्रचण्डले मंगलबार एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्ति दिएपछि एमालेले संसद् अवरोध गरिरहेको हो । एमालेले प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने भन्दै बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो ।
एमालेको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आज पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘विवादास्पद’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले अवरोध कायमै राखेपछि बैठक शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।

