ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध राँके जुलुस (फाेटाेसहित)

आफूहरुले सहकारीमा गरेको बचत रकम फिर्ता नभएको र संस्थाका अध्यक्ष फरार भएको भन्दै दबावका लागि राके जुलुस गरिएको जुलुसमा सहभागीले बताएका छन् ।

ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध राँके जुलुस  (फाेटाेसहित)
बुर्तिबाङ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको घर अगाडी बचतकर्ताले राँके जुलुस गरेका छन् । बुधबार साँझ बुर्तिबाङ बजारमा रहेको देवकुमार नेपालीको घर अगाडी बचतकर्ताले राँके जुलुस गरेको हुन् । आफूहरुले सहकारीमा गरेको बचत रकम फिर्ता नभएको र संस्थाका अध्यक्ष फरार भएको भन्दै दबावका लागि राँके जुलुस गरिएको जुलुसमा सहभागीले बताएका छन् । 'बचत गरेको रकम फिर्ता नभएसम्म हामी आन्दोलन गरिरहन्छौं', ती सहभागीले भने, 'भोलि ११ बजे बृहत आन्दोलनका लागि  बागलुङ बजारमा सहभागी हुँदैछौं । यता गलकोट नगरपालिकामा पनि बचतकर्ताले जुलुस गरेका छन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नभएपछि उनीहरु पनि आन्दोलित भएका हुन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेशकुमार अधिकारीका अनुसार राँके जुलुस शान्तिपूर्ण रहेको बताएका छन् । यता बागलुङ बजारमा पनि बचतकर्ताले राँके जुलुस गरेका छन् । ढोरपाटन नगरपालिका मेयर समेत रहेका नेपाली ५ जेठदेखि फरार छन् । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरीले इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारी, कर्मचारी लालमती रोका र सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरिसकेको छ । अहिलेसम्म अध्यक्ष देवकुमार नेपाली लगायतअन्य सञ्चालकहरु पक्राउ पर्न सकेका छैनन् । भिडियाे हेर्नुहाेस् :